प्रचण्ड र माधवद्वारा देउवासँग भेट, सत्ता साझेदारका लागि आग्रह

प्रचण्ड र माधवद्वारा देउवासँग भेट, सत्ता साझेदारका लागि आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेको छ।

सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला गर्दै बदर गरेपछि अबको राजनीतिबारे छलफल गर्न नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र माधव नेपालले आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्दै यस्तो प्रस्ताव गरेका हुन् । 

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेसँगै प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावमार्फत हटाउने तयारीमा यो समूह जुटेको छ । त्यसैले दाहाल-नेपाल समूहले नयाँ सरकारको समीकरण बनाउन देउवासँग भेट गरेको हो ।

भेटका क्रममा सभापति देउवाले नेकपाले गरेको प्रस्तावका बारेमा पार्टीमा छलफल गरेर जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

मंगलबार चितवनमा रहेका दाहाल र नेपाल देउवासँग छलफल गर्न आज काठमाडौं आएका थिए । 

Skip This
Skip This
Logo