सांसदहरुको किनबेच हुने खतरा बढ्योः परराष्ट्रमन्त्री ज्ञवाली

सांसदहरुको किनबेच हुने खतरा बढ्योः परराष्ट्रमन्त्री ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनापछि संसदमा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ज्ञवालीले दलहरुको नीतिबिहिन गठबन्धन हुँदा प्रतिनिधिसभा सांसदहरुको खरिद विक्री हुने थलो बन्ने खतरा बढेको बताएका हुन् । उनले प्रतिनिधिसभा पुनःस्थापना भएपछि यस्तो खतरा बढेको बताएका हुन्। मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको समेत जानकारी दिए । 

सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको बताए । गतवर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको उनको धारणा छ । तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थानमाथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको उनको दावी छ । 

Skip This
Skip This
Logo