वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नीजि वनसम्बन्धी कानूनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका छन् ।
सोमबार पारिवारिक नीजि वन संघ, नेपालको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै वनमन्त्री आलेले नीजि वनसँग सम्बन्धित कानूनी उल्झनका कारण किसानहरुले दुःख पाएको भन्दै नीजि वन पैदावारको काठ कटान, ओसारपसार, विक्रि वितरण र उपयोगसम्बन्धी कानूनलाई सरलीकृत गर्दै किसानमैत्री बनाउने बताएका हुन् । आगामी आर्थिक वर्षमा नीजि वनको प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याउने पनि उनको भनाइ छ । नीजि वन उद्यमीहरुलाई सहुलीयतपूर्ण ऋणका लागि पनि आवश्यक कदम चालिने उनले बताए ।
सिँचाइ नहुने जग्गामा माटो परिक्षण गरी जडिबुटी उत्पादनको लागि बजेट व्यवस्थापन गरेको उनको भनाइ छ । जडिबुटी राज्यले निशुल्क उपलब्ध गराउने पनि उनले बताए । मन्त्री आलेले हाल बन्दै गरेको वन नियमावलीमा पारिवारिक नीजि वनलाई प्राथमिकताका साथ राख्ने प्रतिवद्दता पनि व्यक्त गरे ।





























प्रतिक्रिया