‘आर्थिक समानता बिना सामाजिक र सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन’ : राष्ट्रपति

‘आर्थिक समानता बिना सामाजिक र सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन’ : राष्ट्रपति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक समानता बिना सामाजिक र सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने बताएकी छिन् । १११ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

कार्यक्रमलाई शुभकामना दिंदै भण्डारीले लैंगिक समानताका विषयमा सरकारले गरेका प्रयास सकारात्मक भएको बताइन् । सरकारका यस्ता नीतिले नै अहिले देशको राजनीतिक र प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेको तर यतिमै मात्र सन्तुष्ट हुन सक्ने अवस्था नरहेको उनको भनाइ थियो । 

आर्थिक समानता बिना सामाजिक र सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने भन्दै राष्ट्रपति भण्डारीले यसका लागि समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्नु पर्नेमा जोड दिइन् । 

जनसंख्याको आधा आधा हिस्सा ओगटेका महिला र पुरुष दुवैले यसमा विशेष चासो राख्नु पर्ने बताउँदै उनले सरकारले लैंगिक विभेद अन्त्यमा गरेका कामप्रति खुशी हुँदै धन्यवाद पनि दिइन् । 

परिवार र समाजमा छोराछोरी प्रति हुँदै आएको विभेदको अन्त्यका लागि सामाजिक संरचना र सोचमा परिवर्तन गर्न सके मात्र महिला हिंसा अन्त्य गर्न सकिने र महिला दिवस मनाउनुको सार्थकता हुने पनि भण्डारीले बताइन् । 

Logo