नेकपा प्रचण्ड-नेपाल समूहमा पूर्वएमाले र पूर्वमाओवादी अलग अलग हुने भएको छ । नेकपा प्रचण्ड–नेपाल स्थायी कमिटीको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग भएर जाने निर्णय गरेको हो।
सोमबार नेकपा कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले अलग भएर जाने निर्णय गरेको हो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तीन वर्ष अघि एकीकरण भएर नेकपा बनेको थियो ।
नेकपा नामसम्बन्धी विवादमा आइतबार सर्वोच्च अदालतले फैसला सुनाउँदै ऋषि कट्टेललाई दिएको थियो। त्यसपछि नेकपाभित्रको राजनीतिले अकै मोड लिएको छ ।





























प्रतिक्रिया