केसीको निधनमा समितिद्वारा शोक प्रस्ताव पारित

केसीको निधनमा समितिद्वारा शोक प्रस्ताव पारित

केन्द्रबिन्दु
0
Shares

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले प्रतिनिधिसभा सदस्य स्वर्गीय सूर्यबहादुर केसीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको महिला तथा सामाजिक समितीको बैठकले समितिको सदस्यको रुपमा रहेका प्रतिनिधिसभा सदस्य स्वर्गीय सूर्यबहादुर केसीको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । समितिको बैठकले सर्वसम्मत रुपमा शोक प्रस्ताव पारित गरेको सभापति निरु देवी पालले घोषणा गरिन् ।

समितिको उक्त बैठकमा स्व‍ केसीको छोरा र स्वकीय सचिवको समेत उपस्थिति रहेको थियो । कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका वडा नं. १४ का स्थायी निवासी स्व. केसीको ६३ वर्षको उमेरमा २०७७ साल कात्तिक १७ गते निधन भएको थियो । उनी नेपाली कांग्रेस पार्टीबाट समानुपातिक सदस्यमा निर्वाचित भएका थिए भने महिला तथा सामाजिक समितिको सदस्य थिए ।

प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै संघीय संसदका विभिन्न समितीहरुले आफ्ना कामहरु शुरु गरिसकेका छन् ।

Logo