नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको आकस्मिक बैठक अहिले जारी छ ।
नयाँ बानेश्वरमा बसिरहेको बैठकमा झलनाथ खनाल, वामदेव गौतमलगायतका नेता सहभागी भएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले आज अध्यक्ष र महासचिवबाहेकका पदाधिकारी हटाउने, आफ्ना समूहका नेताको जिम्मेवारी खोस्ने र एकतर्फीरूपमा गरेको महाधिवेशनको मिति घोषणापछि नेपाल समूहको आकस्मिक स्थायी कमिटी बैठक बसेको हो ।































प्रतिक्रिया