माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ । आइतबारदेखि सुरु भएको बैठक आज केही बेर बसेर स्थगित भएको हो। अर्को बैठकको मिति भने तय गरिएको छैन ।

आजको बैठकमा २० जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए । अर्को मिति तय भएको छैन। प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने भएकाले केही दिन बैठक स्थगित भएको बताए ।

यस अघि आइतबार बसेको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा पारित गरेको थियो। आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको संगठनात्मक स्थितिको बारेमा रिपोर्टिङ गरेका थिए। 

बैठकमा ६ वटा एजेन्डामा छलफल भएको थियो । बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषय पनि छलफलका लागि प्रस्ताव लगिएको थियो। 

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार छाड्न आफ्ना मन्त्रीलाई निर्देशन दिएको थियो।

Skip This
Skip This
Logo