माधव नेपालद्वारा आफू पक्षीय नेताहरुलाई ओलीसँगको छलफलबारे जानकारी

माधव नेपालद्वारा आफू पक्षीय नेताहरुलाई ओलीसँगको छलफलबारे जानकारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग आज भएको छलफलको बारेमा आफू पक्षीय नेताहरुलाई जानकारी गराएका छन् । 

ओलीसँगको छलफल सकिएलगत्तै नेता नेपालले आफ्नो समूहका केन्द्रीय सदस्य र सांसदहरुलाई बानेश्वरस्थित अर्याल होटलमा बोलाएका थिए । 

नेता नेपालले ओलीले एमालेलाई एकताबद्ध बनाउने कुरामा ध्यान नदिएको बरु ४ गतेको भेलालाई प्रभावित बनाउन लागि परेको बताएका थिए।

नेता नेपालले छलफलमा ओली फागुन २८ गतेको निर्णय फिर्ता गर्ने पक्षमा नभएको र आफ्नै अडानमा रहेको समेत बताएका थिए ।

आज अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच धुम्बाराहीमा वार्ता भएको थियो । सो वार्ता निष्कर्षबिहीन भएपछि नेपालले आफू पक्षीय नेताहरुलाई आजको वार्ता र अबको रणनीतिबारे छलफल गर्न अर्याल होटलमा भेला राखेका थिए। 

Logo