सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन ।
वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न सोमबार ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो ।
बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भएपनि निष्कर्षमा पुगिनसकेको जसपाका वरिष्ठ नेता अशोक राईले बताए। उनले भने, “हामी छलफलमै छौँ, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) को निर्णयपछि हामी एउटा निचोडमा पुग्छौँ । हामीले विचार आदान–प्रदान गर्यौं प्रधानमन्त्रीसहित उनको पार्टी, कांग्रेस र माओवादीसँग पनि छलफल गरी प्राप्त रायसुझावका आधारमा साझा प्रस्ताव तयार गर्छौं ।”
बैठकमा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुले दिएको समर्थनबारे पनि छलफल भएको थियो । जसपाले संविधान संशोधन र वन्दी जीवन बिताइरहेका रेशम चौधरी लगायतको रिहाइसहित माग राखेर सत्तामा जाने कसरत गरिरहेको छ । सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम टुङ्गो लगाउन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी चैत ५ गते शुरु हुँदैछ।रासस































प्रतिक्रिया