नेकपा (एमाले) नेपाल-खनाल समूहको राष्ट्रिय भेला आज सकिंदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला आज सकिने भएको हो । भेलामा महत्वपूर्ण निर्णयहरु हुने नेताहरुले बताएका छन् ।
बुधबार उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विघटन, विभाजन र बिसर्जन गर्न खोजेको आरोप लगाएका थिए । भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचारमा दाबीसमेत गरेका छन् ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले पार्टी विधान संशोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो । भेलामा सहभागी भएका देशभरका नेता कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुले बताएका छन् ।





























प्रतिक्रिया