महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्।
२०६४ र २०७० को संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका थिए । उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्। महान्यायाधिवक्ताको जिम्मेवारीमा रहनुअघि उनी एमालेको पोलिटब्युरो सदस्य समेत थिए ।





























प्रतिक्रिया