नेकपा (माओवादी केन्द्र) ले गएको फागुन २३ गतेको सर्वोच्च अदालतको नेकपा नामको आधिकारिकताको फैसलामा पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ।
माओवादी केन्द्रले आज बिहान सिंहदरबारमा कानुन व्यवसायीहरुसँग छलफल गरेको थियो । सो छलफलमा यस्तो निष्कर्ष निकालिएको हो । छलफलमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायत सहभागी थिए।
उनीहरुले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकनमा जान सुझाएका हुन् । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे कुनै छलफल हुन सकेन ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले नेकपा नाम विवादमा सर्वोच्चले गरेको फैसला पुनरावलोकनमा जाने विषयमा कानुन व्यवसायीहरुको सल्लाहमा आफूहरु सकारात्मक रहेको जानकारी दिए।































प्रतिक्रिया