आफूले जस लिनकै लागि केही स्वार्थी समूहले कमलपोखरीमा क्रक्रिडको प्रयोग गरियो भनेर कुप्रचार गरिएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताएका छन् ।
काठमाडौँ महानगरपालिकाबाट भएको न्यायिक कार्यको निरीक्षण सम्वन्धमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडा नेतृत्वको टोलीसँगको छलफलमा बुधबार प्रमुख शाक्यले व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने बताएका हुन् ।
‘काठमाडौँ महानगरले अघि सारेका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा व्यक्तिगत स्वार्थ राखी अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लामो समय निर्माण कार्य अवरोध हुने र लागत समेत बढी राज्यलाई करोडौँ घाटा हुने गरेको छ’, शाक्यले भने, ‘अख्तियार र अदालतलाई समेत दिग्भ्रममा पारी दुरुपयोग गर्न खोज्ने व्यक्तिलाई कारवाही वा क्षतिपुर्तिको व्यवस्था नहुँदा उनीहरु थप प्रोत्साहित हुने गरेका छन । त्यस्तो प्रवृत्तिलाई न्यायालय र अख्तियारले निरुत्साह नगर्ने हो भने समृद्धिको यात्रा कठिन छ ।’
उनीहरुका माग उपयुक्त रहेछन भने सम्बोधन हुने तर स्वार्थ केन्द्रित भएर विकास निर्माणमै अवरोध गर्ने प्रयास भएको भए त्यस्तालाई क्षतिपुर्तिको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । ‘आफूले केही गर्न नसकेपछि २ पन्ना लेखेर अदालत गुहार्ने अनि उनीहरुकै कारण राज्यले ठूलो क्षति व्यहोर्ने अवस्था रहिरहने हो भने राज्य निरीह र उनीहरु झन प्रोत्साहित हुन्छन्’, उनी थप्छन्, ‘मुद्धामामिलाका कारण राज्यको जति क्षति भएको हो त्यति नै क्षतिपुर्ति उनीहरुलाई तिराउने व्यवस्था अदालतले गर्र्यो भने मात्रै अदालतलाई पनि हलुङगो हुन्छ ।’





























प्रतिक्रिया