पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

केन्द्रबिन्दु
0
Shares

पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको सोमबार साँझ निधन भएको छ । विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा निधन भएको उनका ज्वाई डा. नारायण श्रेष्ठले जानकारी दिए । 

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए । जिन्दगीभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आएका थिए । 

नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ । विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए । नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएको उनलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ । 

संयुक्त वाममोर्चा निर्माणदेखि पछिल्लो पटक नेकपा (संयुक्त) सम्मको स्थापनामा महत्वपूर्ण योगदान गरेका मानन्धर खास अर्थमा सर्वहारा नेताको रुपमा आफूलाई स्थापित गराए ।

पूर्वमन्त्री गणेश शाहका शब्दमा नेता मानन्धरले जिन्दगीभर ‘मलाई कुनै पनि सरकारी सेवा तथा सुविधाको पद चाहिदैन, नेपाली जनताको हितबाहेक मेरा लागि अरु सबै विषय गौण हुन’ भन्ने मान्यता राख्थे ।  

Skip This
Skip This
Logo