काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका सम्पदा निर्माण–पुननिर्माणको कार्य सम्पन्न गरेर विदा हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘येँ देय् म्हसीके’ (काठमाडौं चिनौँ) पाठ्यक्रम निर्माण गरी आधारभूतमा पठन–पाठनको सुरुवात गराउने साहसिक कामको थालनी गरेको र त्यसको नेतृत्व प्रमुख शाक्यले गरेको भन्दै नेवाः देय् दबू काठमाडौँ जिल्ला समितिले गरेको सम्मान ग्रहण गर्दै उनले बताए ।
‘मुर्त–अमुर्त सम्पदा संरक्षण गर्ने काठमाडौँ महानगरपालिकाको प्राथमिक योजना हो,’ शाक्यले भने, ‘सम्पदा निर्माण–पुननिर्माणको कार्य कतै छुटेको भए जानकारी दिनुहोस हामी सहयोग गर्न तयार छौँ ।’ शाक्यले पाँच वर्ष भित्रमा सबै सम्पदा निर्माण–पुननिर्माणको काम सम्पन्न गरेर मात्रै विदा हुने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘कतिपय ठाउँमा गुठिया–गुठियारकै विवाद र पुरातत्वका कारण समस्या भएको छ,’ शाक्यले भने, ‘राज्यले बनाइदियो भने राज्यले नै लिने हो कि भन्ने मनोविज्ञानका कारण कारण पनि कतिपय ठाउँमा समस्या भएको छ । हामी निर्माण सम्पन्न गरेपछि पहिलादेखि नै जुन गुठियारहरुले जात्रा, चाड–पर्व आफ्नो परम्पराअनुसार जसरी सञ्चालन गरिरहेका छन् उनीहरुलाई नै हस्तान्तरण गर्ने हो ।’





























प्रतिक्रिया