नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने

नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) नेपाल-खनाल समूहले आज सुदृढीकरण अभियान घोषणा गर्ने भएको छ। 

शुक्रबार बसेको स्थायी समितिको बैठकले संगठन विस्तार तथा सुदृढीकरण अभियानको घोषणा गर्ने निर्णय गरेको थियो।

शुक्रबारको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ पुर्याउने निर्णय पनि गरेको थियो। 

बैठकले पार्टी उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीको पनि विरोध गरेको छ। 

सो बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निष्कर्ष निकालेको छ। 

Skip This
Skip This
Logo