प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची


प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे  बस्ने बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।

कार्यसूची अनुसार संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन्।

यसैगरि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको छ। 

Logo