भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताएकी छिन् ।
.
मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले पद वहालीको सय दिनमा भए गरेका महत्वपूर्ण उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्रालय भूमिसँग सम्बन्धी सबै समस्या निरुपणको लागि वैज्ञानिक ढंगले योजनाबद्ध रुपमा काम अघि बढाएको बताइन् । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि भूमिसम्बन्धी समस्या समाधान आयोगको देशभर ७७ वटै जिल्लामा जिल्ला समिति गठन गरेर स्थानीय तहहरुसँग सम्झौता गरी काम अघि बढाइएको जानकारी दिइन् ।
आयोगद्वारा स्थानीय तहहरुसँगको सहकार्यमा देशभरी भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन, नाप नक्साङ्कन, सत्यापन र अभिलेखन कार्यक्रम अन्र्तगत ६ सय ४ वटा स्थानीय तहहरुसँग सम्झौता भइसकेको पनि मन्त्री तुम्बाहाङ्फेले बताइन् ।
लगत संकलनका लागि भूमिसम्बन्धी समस्या समाधान आयोगबाट केन्द्रबाटै दैनिक संकलन भएको तथ्यांक प्राप्त गर्न सक्ने गरी वेभवेस्ड एप्लिकेसन प्रयोगमा ल्याइएको छ । नाम नक्सा तथा लगत संकलनका लागि १ सय ३० जना सर्वेक्षकलाई तालिम दिई कार्यक्षेत्रमा परिचालन गरिएको र २ सय ४२ जना अमिनलाई हाल भू व्यवस्थापनसम्बन्धी तालिम दिने काम भइरहेको उनको भनाइ छ ।































प्रतिक्रिया