काठमाडौं ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा मिनेन्द्र रिजालले दशैं भत्ता एक–एक जनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा पनि संसदिय दलकै तर्फबाट नेपाली काङ्ग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गर्न प्रस्ताव गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
डा रिजालले नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र अर्का नेता गगन कुमार थापाले साँसद भत्ता फिर्ता गरेको विषयलाई संकेत गर्दै पार्टीले नै आफ्ना सबै सांसदको भत्ता फिर्ता गर्नु पर्ने निर्णयसहित निर्देशन दिनु पर्ने विचार व्यक्त गरेका हुन् । उनले लेखेका छन् ,
दशैं भत्ता एक-एकजनाले फिर्ता गर्ने भनेर निर्णय सार्जजनिक गर्ने भन्दा संसदिय दलकैतर्फबाट नेपाली काङ्ग्रेसका सबै सांसदले फिर्ता गर्ने निर्णय गरौं। पैसा निकम्मा केन्द्रीय सरकारले भन्दा जनतामाझको स्थानीय सरकारले खर्च गर्ने व्यवस्था मिलाऔं। मैरो आग्रह यही हो, मेरो व्यक्तिगत निर्णय यही अनुरुप हुनेछ।






























प्रतिक्रिया