एमाले अध्यक्ष ओली र मन्त्री पौडेलकाे गृहजिल्लामै प्रेस चौतारी पराजित

एमाले अध्यक्ष ओली र मन्त्री पौडेलकाे गृहजिल्लामै प्रेस चौतारी पराजित


नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन्  । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ मत ल्याएका छन् ।

यता एमाले नेता एवं अर्थमन्त्री विष्णु पाैडेलकाे गृहजिल्लामा २० वर्षपछि प्रेस युनियनले नेपाल पत्रकार महासंघकाे नेतृत्व हात पारेकाे छ । बुधबार भएको निर्वाचनमा युनियनले जिल्लाकाे महासंघ नेतृत्वमा जित हासिल गरेकाे हाे ।

Logo