प्रधानमन्त्री ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीको आव्हानमा आज सर्वदलीय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। 

बालुवाटारमा शनिबार बिहान ११ बजे प्रधानमन्त्रीले बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

“प्रधानमन्त्रीज्यूले शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ, राजनीतिक विषयमै छलफल होला”, थापाले भने।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग टेलिफोनमा कुराकानी गरेपछि बैठक आह्वान गरेका हुन्।

राजनीतिक संकट गहिरिँदै जाँदा बोलाइएको बैठकलाई अर्थपूर्णरूपमा लिइएको छ।

Skip This
Skip This
Logo