पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजसंस्था र हिन्दूराष्ट्र समर्थकहरूले काठमाडौंमा र्याली निकालेका छन्।
उनीहरु त्रिभुवन विमानस्थलको गेटमा पुष्पगुच्छा लिएरसमेत बसेका छन्। उनीहरूले देशको राष्ट्रिय झण्डा पनि बोकेका छन्।
पूर्वराजा ज्ञानेन्द्र भारतको हरिद्वारमा महाकुम्भ मेलामा सहभागी भएर काठमाडौं आउँदैछन्।
उनलाई हरिद्वारमा भारतीय जनता पार्टी (भाजपा) का नेता कार्यकर्ताहरूले पनि स्वागत गरेका थिए।
मुलुकको राजनीतिप्रति उनको चासो बढेको छ। उनले घरिघरी वर्तमान शासन प्रणालीको विकल्प जनताले खोजेको भन्दै अभिव्यक्ति पनि दिँदै आएका छन्।































प्रतिक्रिया