नेपाली कांग्रेसको पार्टी कार्यालयमा सरसफाई तथा सेनिटाइजेसन कार्यक्रम आयोजना गरिएको छ। बिहीबार नेपाली कांग्रेस केन्द्रीय महिला विभागले उक्त कार्यक्रमको आयोजना गरेको हो।
नेपालमा दोस्रो लहरको कोरोना भाइरस फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा महिला विभागकी प्रमुख ईश्वरी न्यौपानेले बताइन्।
पछिल्लो समय फैलिरहेको संक्रमण रोकथाम तथा यसबाट बच्नका लागि यस्ता खालका कार्यक्रमहरु आवश्यक भएको हुनाले जनमानसमा सकारात्मक सन्देश दिने मुख्य उद्देश्य रहेको उनको भनाइ छ।
विभागकी सचिव लक्ष्मी खतिवडाले महामारीबाट बच्न सचेत गराउँदै कोरोनाविरुद्धको लडाइँमा राजनीतिक दलहरू पनि जोडिनुपर्नेमा जोड दिइन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।































प्रतिक्रिया