एमालेको आकस्मिक बैठक बालुवाटारमा जारी

एमालेको आकस्मिक बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर सुरु भएको हो। 

बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र सुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए। पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक बैठक बोलाइएको हो। 

यसअघि वैशाख १० गते बसेको बैठकले २६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो। बैठक बस्नुअघि एमालेका शीर्ष नेताबीच छलफल भएको थियो।

Logo