गण्डकी प्रदेशका तीन सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको पीसीआर परीक्षणमा एमाले नेता राजीव पहारी र प्रभा कोइरालासहित नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङमा संक्रमण पुष्टि भएको हो।
त्यस्तै संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त रुपमा दर्ता गराएको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ। सांसदहरुलाई नै कोरोना भाइरसको संक्रमण देखिएपछि मतदान के हुन्छ भन्ने चर्चा सुरु भएको छ।
विशेष स्रोतका अनुसार संक्रमित प्रदेश सभा सदस्यसमेतलाई मतदानमा सहभागि गराई गण्डकी प्रदेशविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा प्रस्तुत हुने बुझिएको छ।





























प्रतिक्रिया