समृद्धिका लागि प्राविधिक शिक्षाको प्रवर्धन अनिवार्य छ: प्रधानमन्त्री ओली

समृद्धिका लागि प्राविधिक शिक्षाको प्रवर्धन अनिवार्य छ: प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प तीव्ररुपमा पूरा गर्न प्राविधिक शिक्षाको प्रवर्धन तथा विस्तार अनिवार्य भएको बताएका छन्। 

मित्रराष्ट्र दक्षिण कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको आज भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार नागरिकलाई जीवनोपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागिपरेको बताए। 

शिक्षा प्राप्त गरेकाहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफैं समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढङ्गले योगदान पुर्याउने प्राविधिक शिक्षाको प्रवद्र्धनमा देश लागिरहेको उनले बताए।

प्रतिष्ठानले दुई दशकभन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम दिँदै आएको छ। हालसम्म ३३ हजारभन्दा बढी व्यक्तिले प्रतिष्ठानमार्फत व्यावसायिक तालीम पाइसकेका छन्। कोरियाली सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को अनुदान सहयोगमा सो भवन निर्माण गरिएको हो। 

कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायता अन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि  गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देश्य प्रतिष्ठानको छ। 

नवनिर्मित भवनमा इलाइब्रेरीसमेतको व्यवस्था छ। इलाइब्रेरी अन्तर्गत पुस्तकालय प्रवर्धन प्रणालीमार्फत प्रयोगकर्तालाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ।

Skip This
Skip This
Logo