नेकपा (एमाले)को भातृसंगठन युवा संघ नेपालले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालभर हेल्प डेक्स सञ्चालनमा ल्याएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित ६० भन्दा बढी जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा लागू गरेको छ। निषेधाज्ञाको समयमा विभिन्न समस्यामा परेकाहरुलाई उद्वार गर्न तथा मास्क नलाउनेहरुलाई मास्कको व्यवस्था गर्ने गरी कोरोना नियन्त्रण हेल्प डेक्स सञ्चालनमा ल्याएको युवा संघले जनाएको छ ।
युवा संघका अनुसार आज ललितपुरको सातदोबाटोमा हेल्प डेक्स सञ्चालनमा ल्याइएको छ । यो सहित उपत्यकामा ७ वटा हेल्प डेक्स सञ्चालनमा ल्याएको हो। डेक्सले यो क्षेत्रमा अनावश्यकरुपमा हिड्नेहरुलाई सम्झाएर घर पठाउने मास्क नलगाएका, सेनिटाइजर नगर्नेहरुलाई सेनिटाइजर दिने, आपतमा परेकालाई एम्बुलेन्स सेवासमेत दिइरहेको युवासंघका उपाध्यक्ष क्षितिज थेवेले जानकारी दिए।
उनका अनुसार कोरोना महामारी नियन्त्रण गर्न विश्वले नसकेको अवस्थामा सरकारलाई समस्या परेको बेलामा मलमपट्टी लगाउनको लागि युवा संघले भोलिङटरिङको रुपमा काम गरेको हो।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय युवासंघका अध्यक्ष वचनबहादुर सिंह, युवा संघ केन्द्रीय उपाध्यक्ष क्षितिज थेवे, महासचिव रमेश आचार्य,स्थायी कमिटी सदस्य निरोज पौडेल, सचिवालय सदस्य खड्गबहादुर श्रेष्ठ, मन्जिब क्षेत्री केन्द्रीय सदस्यहरु सुभाष थेबे, राजु श्रेष्ठ ,सज्जन लामा, बिपुल पौडेल लगायतको उपस्थित रहेको सचिवालय सदस्य दुस्यान्त दाहालले बताए।
काठमाडौं उपत्यका लगायत देशभरी नै संयोजक तोकेर संघले यो अभियान चलाएको छ। ललितपुरमा मात्रै प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय खुमलटारमा मास्क तथा सेनिटाइजर वितरणसमेत गरिएको छ।
युवा संघ नेपाल जनताको हरेक दुःखमा साथमा रहने भएकाले यो महामारीमा पनि जनताको साथमा नै सरकारलाई सहयोग होस् भन्ने हिसावले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको हो।































प्रतिक्रिया