सरकारलाई देउवाले सोधे, ‘उपसभामुख खै? मनपरी किसिमले अध्यादेश ल्याउने?’

सरकारलाई देउवाले सोधे, ‘उपसभामुख खै? मनपरी किसिमले अध्यादेश ल्याउने?’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साध्ने संस्था बनाएको आरोप लगाएका छन्। 

शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताए । उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संबैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे।

उनले भने, “उपसभामुखको चुनाव अहिलेसम्म नगराई राखेर संवैधानिक प्रक्रिया अपुरो नै राखिएको छ। विरोधीलाई दुःख दिनका लागि मनपरी किसिमले अध्यादेश ल्याईएको छ । ब्ल्याकमेल गर्ने संस्थाको रुपमा अख्तियारलाई स्थापना गरेको छ।”

Logo