काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पुष्टि भएको छ । उनले आफूलाई कोरोना भएको सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन अनुरोध पनि गरेका छन् । उनले लेखेका छन् ,
कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड १९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ देखिएको छ।अवस्था सामान्य छ। केही दिन यता मसँग सम्पर्कमा आउनु भएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।

उनी अहिले निवासमै होम आइसोलेशनमा रहेको बताइएको छ ।





























प्रतिक्रिया