गण्डकीमा दोस्रोपटक गुरुङ मुख्यमन्त्री बन्ने निश्चित

गण्डकीमा दोस्रोपटक गुरुङ मुख्यमन्त्री बन्ने निश्चित

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हुने निश्चित भएको छ।

जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनको पक्षमा नउभिने प्रष्ट पारेपछि गुरुङ दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका हुन्।

थापा एक्लैको मतले पनि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि बहुमत पुग्ने स्थिति नभएको हो।
माओवादी सांसद दीपक कोइरालाले अब गुरुङ ३० दिनका लागि मुख्यमन्त्री बन्ने भएको बताए।

गण्डकी प्रदेश संसदमा एमालेको २७ मत छ। स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पनि एमालेकै पक्षमा उभिएका छन्।

यता विपक्षी गठबन्धनमा रहेका दल कांग्रेससँग १५, माओवादीसँग सभामुखसहित १२ जना, जनमोर्चासँग ३ र जसपासँग २ सांसद छन्। जनमोर्चाकी सचेतक पियारी थापा मात्रै विपक्षी गठबन्धनमा उभिइन्। 

यसरी विपक्षी गठबन्धनले कसरत गर्दा पनि नयाँ सरकार गठन गर्न नसकेछि स्वतः संसदको ठूलो दल एमाले र सोही दलको नेतासमेत रहेकाले गुरुङ मुख्यमन्त्री नियुक्त हने भएका हुन्। उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको छ।

उनले नियुक्त भएपछि एक महिनापछि विश्वासको मत सदनमा लिनुपर्ने छ। लिन नसकेको खण्डमा मध्यावधि निर्वाचनमा गण्डकी प्रदेश जानेछ।

Skip This
Skip This
Logo