जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनु भन्दा थप गिजोलिएको प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिएका हुन्।
शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरु मुलुकलाई सही बाटोमा हिँडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरुको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए। प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भंग गरेर मुलुकलाई अनिश्चितता र अन्यौलतातर्फ लैजाने खालका भएको दाबी उनले गरे।
उनले भने, “राजनीतिको कोर्स करेक्सन भएन, गिजोलियो। गिजोलिँदै जाँदा अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धरापमा पर्ने कार्य हुँदै गएको छ। त्यसैले आउने दिनहरुमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको छ।”





























प्रतिक्रिया