प्रधानमन्त्रीको शपथ बदर गर्न कानून व्यवसायीको माग, रिट लिएर पुगे सर्वोच्च

प्रधानमन्त्रीको शपथ बदर गर्न कानून व्यवसायीको माग, रिट लिएर पुगे सर्वोच्च

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपतिबाट लिइएको प्रधानमन्त्री पदको शपथ बदर गर्न माग गरिएको छ। 

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले उक्त शपथ बदर गर्न माग गरेका हुन् । यस सम्बन्धी मुद्दा लिएर उनीहरु आज सर्वोच्च पुगेका थिए । यद्यपी ती रिटहरु दर्ता भने भएका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुई वटा महत्वपूर्ण अंश नभनि शपथ लिएका थिए। राष्ट्रपतिले दोहोर्याएर पढ्न लगाउँदा पनि ओलीले त्यो पर्दैन भन्दै इन्कार गरि बाँकी शब्द उच्चारण गरेका थिए। 

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश पढेनन्। उनले ईश्व शब्द पनि उच्चारण गरेनन् ।

प्रधानमन्त्री ओलीले नपढेको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन् । तर, पनि ओलीले भने ‘त्यो पर्दैन’ भन्दै पढेनन् । उनको जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।

यहि शपथलाई लिएर दुई जना अधिवक्ताहरु आज सर्वोच्च पुगेका हुन् ।

Logo