जनता समाजवादी पार्टी (जसपा)को विवाद समाधानउन्मुख भएको छ। पार्टी विभाजनको संघारमा पुगेको अनुमान गरिएको जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विवाद समाधानतिर गएको बताएका हुन्।
उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने उल्लेख छ। दुई अध्यक्षबीच भएको सहमति अनुसार जसपा तत्काल सरकारमा नजाने भएको छ । तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरि जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन पनि दुवै अध्यक्ष ठाकुर र यादव सहमत भएका छन्।
समायोजन हुन नसकेका पार्टी संगठन, भातृ संगठनहरूबीच पार्टी समायोजन सम्बन्धी कार्यलाई यथाशीघ्र सम्पन्न गर्न पनि उनीहरु सहमत भएका छन्।

































प्रतिक्रिया