गगन थापाको प्रस्ताव, ‘महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ’

गगन थापाको प्रस्ताव, ‘महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने बताएका छन्। 

बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भए लगत्तै थापाले यस्तो बताएका हुन्। सामाजिक संजालमा आक्रोश पोख्दै थापाले राष्ट्रपति र प्रधानमन्त्री दुवैले गलत काम गरेको आरोप लगाए ।

राष्ट्रपति र प्रधानमन्त्रीले गलत काम गरेकाले सुझबुझ पुर्याएर राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय अगावै उनीहरुलाई बिदा गर्नुपर्ने उनले बताए। 

थापाले भनेका छन् । 

‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो? जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं।’ 

Skip This
Skip This
Logo