जसपा महन्थ पक्षको संसदीय दलको बैठक आज, बोल्ड डिसिजन हुने अनुमान

जसपा महन्थ पक्षको संसदीय दलको बैठक आज, बोल्ड डिसिजन हुने अनुमान

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपाल (जसपा)को महन्थ ठाकुर पक्षले संसदीय दलको बैठक बोलाएको छ। 

विहान ११ बजेलाई जसपा संसदीय दलका नेता राजेन्द्र महतोले बैठक बोलाएका जसपा नेता लक्ष्मणलाल कर्णले केन्द्रबिन्दुलाई बताए।

राष्ट्रपतिबाट जारी भएको संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको मात्र समयसीमा रहेको हुँदा त्यस सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको कर्णले बताए। 

के छ त तपाईंहरुको तयारी एमालेलाई सघाउने, विपक्षीलाई सघाउने कि आफ्नै नेतृत्वमा सरकार बनाउने भन्ने प्रश्नमा कर्णले बैठकपछि मात्र सबैकुरा बताउन मिल्ने बताए।

जसपा संसदीय दलको बहुमत ठाकुर र महतो पक्षमा रहेको दावी गरिएको छ। ठाकुर–महतो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच विहीवार राति अवेरसम्म छलफल भएको थियो। 

त्यस लगत्तै दुवै नेता राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए। उपेन्द्र–बाबुराम पक्षले भने बैठकको विषयमा थाहा नभएको जानकारी दिएको छ। 

Logo