नेकपा एमालेका नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको आरोप लगाएका छन्।
प्रधानमन्त्रीले मध्यरातमा संसद विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि आज बिहान सामाजिक संजाल फेसबुकमार्फत नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् ।
संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। नेपालले भनेका छन् ।
उनी लेख्छन्,
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो। शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।





























प्रतिक्रिया