प्रतिनिधिसभा विघटनको जसपा स्वागत गर्छ: नेता कर्ण

प्रतिनिधिसभा विघटनको जसपा स्वागत गर्छ: नेता कर्ण

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई स्वागत गरेका छन्। प्रतिनिधिसभाले सरकार दिन सक्दैन, किन ओगटेर राख्नु ताजा जनादेशमा जानु उत्तम विकल्प हो, कर्णले भने।

त्यसो त जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्ष सबैले जसपा ताजा जनादेशको पक्षमा रहेको बताइरहेका छन्।

‘एमाले र जसपामा अस्थिरता चाहने अराजक समूह देखियो। यस्तो अवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधिसभा विघटनको विकल्प थिएन,’ कर्णले भने, ‘प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेकाले अब निष्पक्ष निर्वाचनका लागि सबैले सहयोग गर्नुपर्छ।’

सरकारले आफ्ना माग पूरा गर्दै गएकाले सरकारमा सहभागी हुने विषयमा आफूहरू सकारात्मक रहेको र रचनात्मक सहयोग पनि रहेको बताए । यद्यपि, आफूहरूका सबै माग पूरा हुने प्रक्रियामा जानुपर्नेसमेत कर्णको भनाइ छ।

संविधानको धारा ७६ को उपाधारा (५) अन्तर्गत सरकार बन्न नसक्ने निर्धारण गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार हो भन्दै उनले उपाधारा (५) अन्तर्गत सरकार नबनेपछि प्रधानमन्त्री ओलीसँग अरु विकल्प नरहेको समेत बताए।

Skip This
Skip This
Logo