लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधव नेपालले संसदीय विधि र पद्धति उल्लंघनको कीर्तिमान कायम भएको बताएका छन्।
उनले विधि र पद्धतिको कुरा गरेर कहिल्यै नथाक्ने माधव नेपालको यस्तो किर्तिमान भएको सुन्नु पर्दा दुःख लाग्ने समेत बताए।
सामाजिक संलालमार्फत पोखरेलले यस्तो प्रतिकृया दिएका हुन्। उनले लेखेका छन्– 'विधि र पद्धतिको कुरा गरेर नथाक्ने माधव कमरेडको नाममा संसदीय विधि र पद्धति उल्लंघनको कीर्तिमान कायम भएको सुन्नु पर्दा दुःख लाग्ने रहेछ।'
त्यसो त माधव नेपाल नेकपा एमालेभित्र विधि र पद्धतिको चर्को वकालत गर्ने नेतामा पर्छन्। तर, पछिल्लो विकसित राजनीतिक घटनाक्रममा उनले पार्टीको विधि र पद्धति मिचेका छन्।
माधव नेपालले आफ्नै पार्टीको सरकार गिराउन प्रमुख प्रतिपक्षलाई सहयोग मात्रै गरेनन् हस्ताक्षरनै दुरुपयोगको आरोपसमेत लागेको छ।
































प्रतिक्रिया