विपक्षी गठबन्धन आज ४ बजेसम्म नभ्याए भोलि सर्वोच्च जाने

विपक्षी गठबन्धन आज ४ बजेसम्म नभ्याए भोलि सर्वोच्च जाने

केन्द्रबिन्दु
0
Shares

विपक्षी गठबन्धन सर्वोच्च अदालतमा भ्याए आज ४ बजेसम्ममा नत्र भोलि सर्वोच्च अदालत जाने भएको छ।

यसअघि भने दिउँसो १ बजे सर्वोच्चमा जाने गरि तयारी भएको गठबन्धनमा रहेको दल नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका थिए।

गठबन्धनमा रहेका दलहरूको संयुक्त बैठक केहीबरेपछि हुने भएकोले आजै रिट निवेदन लिएर सर्वोच्च जाने सम्भावना न्यून रहेको गठबन्धनमै रहेको अर्को दल माओवादी केन्द्रका नेता सुरेशकुमार राई ‘हिमाल’ ले बताए।

गठबन्धनले रिट निवेदन भने तयार गरिसकेको जनाएको छ। शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगामी कदम भन्दै भत्र्सना गरेको थियो।

यस्तै गठबन्धनले राजनीतिक र कानूनी दुवै लडाइँ लड्ने पनि चेतावनी दिएको थियो।

संविधानको धारा (७६) को (५) अनुसारको वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार आह्वान गरेकी थिइन्।

त्यसअघि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक डाकेर २७ वैशाखको जस्तै राजनीतिक परिस्थिति रहेको र संसदबाट विश्वासको मत लिने सम्भावना नहरेकाले सोही धाराको उपधारा (५) अनुसारको वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिलाई सिफारिश गरेका थिए।

जबकि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त भने गरेका थिएनन्। त्यसबीच शुक्रबार ओली स्वयम्ले १५३ जना सांसद र देउवाले १४९ जना सांसद रहेको भन्दै प्रधानमन्त्री पदमा दावेदारी प्रस्तुत गरेका थिए।

राष्ट्रपति कार्यालयका एक जना अधिकारीका अनुसार देउवाले गरेको दावीमा समर्थन गरिएका भनिएका १४९ जना नै सांसदहरूको हस्ताक्षर रहेको थियो। 

ओलीलाई समर्थन गरेकामध्ये केहीको हस्ताक्षर नभएको ती अधिकारीले बताए। सोही दिनको मध्यरातमा राष्ट्रपति भण्डारीले भने दुवै दावेदारको दावी नपुग्ने ठहर गरेकी थिइन्। त्यस लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर संसदबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपतिलाई प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचन सम्पन्न हुने गरी मध्यावधि निर्वाचनको घोषणा गर्न सिफारिश गरेका थिए। सोही अुनसार मध्यावधि निर्वाचन कातिक २६ गते र मंसिर ३ गते घोषणा भएको छ। 

विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा संविधानमाथि राष्ट्रपति र प्रधानमन्त्रीबाट हमला भएको भन्दै आलोचना गर्दै आएका छन्।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्रसहित एमालेको माधवकुमार नेपाल पक्षधर, जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षधर र राष्ट्रिय जनमोर्चा सम्मिलित छन्।

Logo