संसद् पुन:स्थापना भए ओली नै प्रधानमन्त्री : अध्यक्ष थापा

संसद् पुन:स्थापना भए ओली नै प्रधानमन्त्री : अध्यक्ष थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् पुनःस्थापना भए एमाले अध्यक्ष केजी ओली नै प्रधानमन्त्री हुने दावी गरेका छन् । भविष्यवाणी नभइ संसदीय गणित नै त्यस्ताे रहेकाे बताए ।

विपक्षी गठबन्धनलाई लक्षित गर्दै उनले 'चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ ।' शुक्रबार साँझ ट्विट गर्दै उनले वर्तमान संकट समाधानकाे विकल्प चुनाव नै रहेकाे बताए।

यसरी निर्वाचनको पक्षमा बाेल्दा ओलीको पक्षमा लागेकाे आराेप लाग्ने गरेकाे भन्दै उनले ओलीले बर्बाद पारे भन्नेहरूले नै उनैलाई निरन्तरता दिने प्रयास गरेकाे टिप्पणी गरे।

Logo