प्रधानमन्त्री केपी ओलीले राज्यले कमजोर र विपन्न वर्गलाई संरक्षणको नीति लिएको बताएका छन्।
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि ती वर्गको संरक्षक सरकार बनेको दावी उनले गरे।
चौधौं गणतन्त्र दिवसको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रमा जनताको जीवनमा परिवर्तन ल्याउन विकासको चौतर्फी अभियान पनि अघि बढाइएको बताए।
असमानता, छुवाछुत हट्दै गएको र सुशासनसँगै भ्रष्टाचारमा न्यूनीकरण भएर देश सफलतातर्फ अगाडि बढेको पनि उनको भनाइ छ।
यस्तै, निर्धारित समय कात्तिक २६ र मंसिर ३ गते जसरी भए पनि निर्वाचन हुने पनि बताए।
‘निर्वाचन हुँदैन भनेर दुष्प्रचार भएको छ, त्यस्तो दुष्प्रचारलाई विश्वास नगर्नुहोस्’ ओलीले शनिबार भने, ‘निर्वाचन हुन्छ, जनताको अभिमतको अद्यावधिक गर्न निर्वाचन हुनुपर्छ, ढुक्क हुनुहोस्।’
उनले जनमुखी कदमहरू चाल्दा हरेक पाइलामा घेराबन्दी र विरोध मात्रै सामना गर्नुपरेको बताए।
जुन जनताको लागि नभई सत्ताको लागि मात्रै भएको उनको आरोप छ। त्यही भएर ताजा जनादेशमा माग्नु एकमात्र विकल्प हुन पुगेको स्पष्ट पारे।
उनले निर्वाचनलाई निर्धारित समयमा शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने पनि उल्लेख गरे। सम्बोधनका क्रममा उनले कोरोनाविरुद्धको लडाइँमा सरकार सम्पूर्ण स्रोत परिचालनसँगै बाह्य सहयोग जुटाएर लागेको र लडाइँ जित्ने उद्घोष गरे।





























प्रतिक्रिया