वामदेवले उल्लेख गरे गणतन्त्रका तीन महानायकहरु

वामदेवले उल्लेख गरे गणतन्त्रका तीन महानायकहरु

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनाका महानायकको संज्ञा दिएका छन् ।

गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले कोइराला, नेपाल र दाहाललाई महानायकको संज्ञा दिएका हुन्।

त्यस्तै गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु पनि सम्झिएका छन्। उनले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वानसमेत गरेका छन् ।

गौतमले चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेताविरुद्धमा रहेको बताए। तर, उनले गणतन्त्रको विरुद्धमा को–को नेता थिए उल्लेख गरेनन्।

गणतन्त्रको विरोधि भनेर एमालेले गणतन्त्रको पक्षमा निर्णय गर्दा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली विपक्षमा उभिएको भनेर आलोचना हुने गरेको छ । 

गौतमले पनि गणतन्त्र दिवसकै दिन त्यो घटना सम्झिएका छन् ।

गौतमले सामाजिक संजालमा लेखेका छन्, ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । उहाँहरु मध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुई जना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’ ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ’, गौतमले लेखेका छन् ।

Logo