प्रधानमन्त्रीलाई भेट्न जसपा अध्यक्ष ठाकुर र नेता महतो बालुवाटारमा

प्रधानमन्त्रीलाई भेट्न जसपा अध्यक्ष ठाकुर र नेता महतो बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच आज भेटघाट भएको छ। 

ओलीलाई भेट्न नेता ठाकुर र महतो बालुवाटार पुगेका छन्। उनीहरुबीच जसपा सरकारमा जाने विषयमा छलफल भइरहेको बताइएको छ । स्रोतका अनुसार उनीहरुबीच कुरा मिलेमा आज मन्त्रालय बाँडफाँडको तयारीसमेत गरिएको छ।

यस अघि प्रधानमन्त्री ओलीसँग भएको छलफल अनुसार सरकारले नागरिकता विधेयक अध्यनदेशमार्फत जारी गरेपछि जसपाले सरकारमा जाने मनस्थिती बनाएको हो। यद्यपी जसपाभित्र पनि एमालेको जस्तै आन्तरिक विवाद कायमै छ।

Skip This
Skip This
Logo