लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि आज मतदान भइरहेको छ। उपनिर्वाचनमा मुख्यमन्त्री शङ्कर पोखरेलले पहिलो मतदान गरेर शुरुआत भएको छ। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो।
मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ। कोरोनाको समयमा भीडभाड कम गर्न भर्चुअल माध्यमबाट मत परिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिए।
बिहान १० बजेसम्म खसेको मतमा स्थानीय तह प्रमुख उपप्रमुखतर्फ महिला ३५ पुरुष ३६ गरी जम्मा ७१ जनाको मत खसेको छ भने प्रदेशसभा सदस्यमा महिला २१ र पुरुष २७ गरी ४८ जनाको मत खसेको छ र कोभिड केन्द्रमा तीनजनाको मत खसेको छ। जम्मा १२२ जनाको मत खसेको निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ।































प्रतिक्रिया