पूर्व न्यायमूर्तिहरुबाट अदालतको हुर्मत लिने काम भयोः प्रधानमन्त्री ओली

पूर्व न्यायमूर्तिहरुबाट अदालतको हुर्मत लिने काम भयोः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानन्यायाधिशहरुले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको आरोप लगाएका छन्।

'अदालतको कामकारवाहीलाई प्रभावित पार्ने काम न्यायमूर्तिहरुले गर्नुभयो। उहाँहरुले आफ्नो पालामा केहि गर्न नसक्ने अहिले पेन्सन खाँदै अदालतको हुर्मत लिने, उहाँहरुले कस्तो न्याय सम्पादन गर्नुभयो ?'- प्रधानमन्त्री ओलीले प्रश्नसमेत गरे।

राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले अदालतमै पनि केहि कालोकोट धारीहरुले अदालत र न्यायमूर्तिहरुको मान–सम्मानमा आँच पुर्याइरहेको आरोप लगाए।

उनले अराजक तत्वको संज्ञा दिंदै कस्तो न्यायिक सिस्टम बनाउदैछौं, के वकिलले लेखेर ल्याएको हुवहु न्यायाधिसले पढिदिनु पर्ने परिपाटी बसाउँदैछौँ, भन्दै आक्रोस पोखेका छन्।

ओलीले समयमै निर्वाचन हुने र अदालतले पनि अहिलेको यो अवस्थालाई हेरेर सहि फैसला गर्ने विश्वास रहेको बताए।

Skip This
Skip This
Logo