माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक, एकता जोगाउन केन्द्रीत हुने

माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक, एकता जोगाउन केन्द्रीत हुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको नेपाल–खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। केन्द्रीय कमिटीको बैठक बस्न नेताहरुले माग गरिरहेको भन्दै बुधबार भर्चुअल माध्यमबाट बैठक बस्ने भएको हो।

बिहीबार बैठक बस्ने कुरा भएको तर समय तय नभएको एमाले नेता सोम पाण्डेले केन्द्रबिन्दुलाई बताए । 

‘पार्टी एकताबद्ध बनाउन केहि कम्प्रमाईज गरेर भएपनि गर्नुपर्ने कुरा केन्द्रीय कमिटीका सदस्यहरुले उठाईराख्नु भएको छ । त्यसैले एकपटक सबै मिलेर छलफल गरौं र पार्टी फुटबाट जोगाउँ भन्नका लागि भोलि बैठक बस्न लागेको हो’, नेता पाण्डेले भने।

समय बिहान ११ बजेको चर्चा भएपनि अहिलेसम्म नतोकिएको पाण्डेले बताए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले ०७५ जेठ २ मा फर्कन सकिने संकेत गरे लगतै दुवै पक्षको वार्ता बाक्लिएको छ।

त्यसो त दुबै समूहका दोस्रो तहका नेता केहि दिनदेखि पार्टी फुटबाट जोगाउन सक्रिय भएर लागिरहेका छन्।

यसअघि गठन भएको कार्यदलका सदस्यहरु पनि बैठक गरिरहेका छन्। अझै पार्टीका महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच पनि छलफल भएको थियो।

माधव नेपालले पनि आज एक कार्यक्रममा सम्बोधन गर्दै पार्टी एकताबद्ध बनाउन अन्तिम प्रयास गर्ने बताएका थिए।

Logo