एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो। बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ।

एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ। यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ।

Skip This
Skip This
Logo