पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले आज बनेकाे नयाँ मन्त्रिमण्डलले पदका लागि दुवै पक्ष मिलेकाेमा व्यंग्य गरेका छन् ।
संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडिनु पदलोलुप मात्र भएकाे बताएका हुन् । अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम हुनुले दुबैको मुकुण्डो उत्रिएन त? भन्दै प्रश्न गरेका हुन् ।
यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?
— Baburam Bhattarai (@brb1954) June 4, 2021































प्रतिक्रिया