नेपाली कांग्रेस केन्द्रीय महिला विभागको भर्चुअल बैठक सम्पन्न भएको छ। सोमबार बसेको बैठकले समसामयिक विषयमा छलफल र निर्णयहरु गरेको छ।
बैठकले विश्वब्यापी कोरोना महामारीबाट संक्रमित भई स्वास्थ्य उपचार गराइरहेका सबै संक्रमितहरूको शिघ्र स्वास्थ्य्य लाभको कामना गर्दै महामारीका कारणबाट भएको निषेधाज्ञाबाट पीडित बनेका दैनिक ज्यालादारी गर्ने विपन्न वर्गको निम्ति तत्काल राहत प्याकेज घोषणाको निम्ति सरकारसँग जोडदार माग गरेको छ।
निषेधाज्ञाको अवधिमा बढिरहेको महिला हिंसालाई न्युनिकरण गर्न र यौनजन्य हिंसाको विभिन्न गतिविधिलाई नियन्त्रण गर्न यसमा संलग्न दोषीलाई कडा कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिसहितको ब्यवस्था गर्नका निम्ति सरकारसँग माग गरेको छ।
यस्तै बैठकले लोपोन्मुख राउटे समुदायका दुई युवतीमाथि गरिएको यौन शोषणको निन्दा गर्दै त्यो घटनामा संलग्न अपराधीलाई हदैसम्मको सजायँको ब्यवस्था गर्न माग गरेको छ। स्थानीय पार्टी संयन्त्रसहित प्रहरी प्रशासनसँग समन्वय गरी उक्त घटनाको सत्य तथ्य अवलोकन गरी पीडितलाई क्षतिपूर्तिसहितको ब्यवस्था समन्वय गर्न विभागका तर्फबाट विभागका केन्द्रीय सदस्य खगिसरा आचार्य (सुर्खेत) लाई खटाएको बैठकले जानकारी दिएको छ।
विभाग प्रमुख ईश्वरी न्यौपानेको अध्यक्षतामा बैठक बसेको हो । बैठकले गरेका निर्णयहरु यस्ता छन्ः
१. विश्वब्यापी कोरोना महामारीबाट संक्रमित भई स्वास्थ्य्य उपचार गराइरहनु भएका सबै संक्रमितहरूको शिघ्र स्वास्थ्य्य लाभको कामना गर्दछ।
२. महामारीको कारणबाट भएको निषेधाज्ञाका कारण पिडीत बनेका दैनिक ज्यालादारी गर्ने बिपन्न बर्गको निम्ति तत्काल राहत प्याकेज घोषणाको निम्ति सरकारसँग जोडदार माग गर्दछ।
३. कोरोना बिरूद्दको खोप सबै उमेर समूहलाई अनिवार्य गर्नका निम्ति यथेष्ट बजेट बिनियोजन गर्न र नागरिकको स्वास्थ्य्य माथि गरिएको खेलबाडलाइ तत्काल सच्याउन खबरदारी गर्दछ।
४. निषेधाज्ञाको अवधिमा बढिरहेको महिला हिंसालाई न्युनिकरण गर्न र यौनजन्य हिंसाको बिभिन्न गतिविधिलाई नियन्त्रण गर्न यसमा संलग्न दोषीलाई कडा कारबाही गर्न र पिडितलाई उचित क्षतिपूर्तिसहितको ब्यबस्था गर्नका निम्ति सरकारसगॅ जोडदार माग गर्दछ।
५.लोपोन्मुख राउटे समुदायका दुइ युवतीमाथि गरिएको यौन शोषणको निन्दा गर्दै त्यो घटनामा संलग्न अपराधीलाई हदैसम्मको सजायँको ब्यबस्था गरियोस भनी जोडदार माग गर्दछ, साथै स्थानीय पार्टी संयन्त्र सहित प्रहरी प्रशासनसँग समन्वय गरी उक्त घटनाको सत्य तथ्य अवलोकन गरी पीडितलाई क्षतिपूर्तिसहितको ब्यबस्था समन्वय गर्न बिभागको तर्फबाट बिभागका केन्द्रीय सदस्य खगिसरा आचार्य (सुर्खेत) लाई खटाएइएको जानकारी गराउँछ।
६.कोरोना महामारीबाट अकालमा ज्यान गुमाउनु हुनेहरू प्रति हार्दिक श्रद्दासुमन अर्पण गर्दै सबै परिजनमा समवेदना ब्यक्त गर्दछ।
धन्यवाद ,जय नेपाल
लक्ष्मी खतिवडा
सचिव
नेपाली कांग्रेस केन्द्रीय महिला बिभाग।





























प्रतिक्रिया